वीलभयू, “स्वच्छ वातावरण, अमूल्य जीवन”
काठमाडौंमा क्लीन वर्ल्ड अभियान तथा रक्तदान अभियानमार्फत आशा बाँड्दै
नोभेम्बर २७ तारिखमा, UN DGC(सार्वजनिक सूचना विभाग)को साझेदार सङ्गठन अन्तर्राष्ट्रिय वीलभयू(अध्यक्ष जाङ गिल जा ज्यू , यसपछि वीलभयू भनिएको)द्वारा काठमाडौंमा ‘क्लीन वर्ल्ड अभियान’ आयोजना गरियो । क्लीन वर्ल्ड अभियानचाहिँ स्वच्छ वातावरणमा स्वस्थ जीवन कायम राख्ने मूल्यमान्यता अन्तर्गत विश्वभरका सहरी क्षेत्र, पहाड, नदी तथा महासागरलाई सफा राख्ने एक वातावरण संरक्षण अभियान हो । यस संस्थाले काठमाडौंमा मात्र नभई ललितपुर, पोखरा, बनेपा, भरतपुर र बुटवल जस्ता ठाउँहरूमा पनि वातावरण संरक्षणका लागि अनेकन प्रयासहरू गर्दैआएको छ । त्यसै गरी यस फाउन्डेसनद्वारा आयोजना हुने रक्तदान अभियानचाहिँ कोरियाबाट सुरु भएर विगत २० वर्षदेखि जारी रहेको विश्वव्यापी जीवन बचाउने अभियान हो । एक जनाबाट सुरु गरेर दुई जना, त्यसपछि चार जना गर्दै सम्पूर्ण रक्तदानमार्फत जीवन बाँड्ने कार्यमा सामेल होऊन् भन्ने उद्देश्यका साथ यो जारी हुँदैआएको छ ।मङ्गसिर ११ गते ।
वीलभयूका एक अधिकारीले भने, “आफ्नो परिवारको हितका लागि समर्पित हुने आमाको जस्तो मनद्वारा सदस्यहरू खुशीसाथ सहभागी भएका छन्, पृथ्वीको वातावरणलाई स्वच्छ राख्ने र जीवन बचाउने अमूल्य कार्यमा धेरैले हामीलाई साथ दिनुहुनेछ भनी हामीले आशा गरेका छौं ।”
सो दिन वीलभयूको प्रेम बाँड्ने कार्यक्रममा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी, श्रम तथा बैदेशिक रोजगार मन्त्री शरत सिंह भण्डारी, प्रदेश न १ का पुर्ब मुख्यमन्त्रि शेरधन राई, प्रतिनिधि सभा साम्सद लेखनाथ दाहाल (राजन), बाग्मति प्रदेश साम्सद जयराम थापा, बाग्मति प्रदेश साम्सद श्रिराम लामिछाने, साम्सद मिना पराजुलि, बाग्मति प्रदेश सम्सद मातृका भट्टराई, बूढानीलकण्ठका नगर प्रमुख मिठाराम अधिकारी लगायत स्थानीय तहका अधिकारीहरूले सहभागिता जनाएर सहभागीहरूलाई प्रोत्साहन दिने कार्य गरे । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले “विगतमा पनि आफु यस फाउण्डेशनसंग सहकार्य गरेको र फेरि जोडिन पाउँदा हर्षित भएको भन्नुभएको छ साथै यसले गरेको कार्यद्वारा अझ धेरै सामाजिक उत्थानमा सहयोग पुग्ने बताउनुभएको थियो ” । त्यसै गरी श्रम मन्त्री शरदसिंह भण्डारीले पनि वीलभयू फाउन्डेसनलाई हौसला दिँदै “विश्वमा जलवायु लगाएत भविष्यमा देखिन सक्ने समस्याप्रति यो संस्थाले गरेको कामको तारिफ गर्दै, रक्तदानमार्फत धेरैको जीवन बचाउन प्रमुख भूमिका खेलेको कुरा उल्लेख गर्नुभयो ”
गोकर्णेस्वर, बूढानीलकण्ठ, बालुवाखानी, कपन इत्यादि काठमाडौंका ठाउँ-ठाउँबाट आएका वीलभयूका सदस्यहरू, उनीहरूका परिवार तथा छिमेकीहरूले, रक्तदान कार्यक्रम आयोजना गरिएको ठाउँ के.सी. ड्राइभिङ सेन्टरको ग्राउन्डदेखि भङ्गाल धोबीखोला आसपासको २ किलोमिटर क्षेत्र करीब १ घण्टा सरसफाइ गरे । त्यसपछि अपरान्ह २ बजेसम्म रक्तदान कार्यक्रम जारी रह्यो ।
क्लीन वर्ल्ड अभियानमा करीब १२०० जना सहभागी भएर खोलाको किनारमा फालिएका थुप्रै फोहोरहरू संकलन गरी १५० वटा फोहोरका झोलाहरू भरियो । बुढानीलकण्ठ नगरपालिकाले स्वयंसेवकहरूको कार्यप्रति खुशी व्यक्ति गर्दै सरसफाइ उपकरण तथा फोहोर सङ्कलन गर्ने सवारी उपलब्ध गरायो । स्वयंसेवा कार्यमा सहभागी भएका वीलभयूका सदस्य रघु थापाले “लामो समयपछि सम्पन्न भएको कार्यक्रममा उल्लेख्य सदस्यको सहभागिताले निकै हौसला मिलेको बताउदै, आगामी दिनमा अझ वृहत कार्यक्रम गर्ने बताउनुभयो। आमाको मनद्वारा कोही पनि अपहेलित हुन नपरोस भनि संस्थाको चेरवोमेन जाङ्ग गिल जा ज्यूले नेतृत्व गरिरहनुभएको छ” ।
(कृपया वास्तविक स्वयंसेवकहरूको सहभागी संख्या, सङ्कलन गरिएको फोहोरको मात्रा, सहयोग गर्ने संस्थाको नाम, सहयोग प्राप्त गरेको विवरण, अन्तर्वार्ता दिने व्यक्तिको नाम र उमेर, र अन्तर्वार्ताको विवरण लेख्नुहोला।)
त्यसै गरी के.सी. ड्राइभिङ सेन्टरको ग्राउन्डमा आयोजना गरिएको रक्तदान कार्यक्रममा १२०० जनाले सहभागिता जनाए । सहभागीहरू क्रमबद्ध रूपमा स्वास्थ्य तथा रक्त परीक्षण र रक्त सङ्कलनमा सहभागी भए, र २४८ जनाले १ लाख ११ हजार ८ सय ४८ मिलीलिटर रक्तदान गरे । नेपाल रेडक्रसले रक्तदानका लागि आवश्यक चिकित्सा सहयोग, साथै रक्तदाताहरूका निम्ति चिया नास्ताको प्रबन्ध मिलाई सुरक्षित र सहज वातावरणमा रक्तदान गर्न सहयोग पुऱ्यायो ।
उज्यालो अनुहारका साथ रक्तदानमा सहभागी भएका रामशरण तिमिल्सिनाले “रक्तदान नै जीवनदान नै हो, यो गरेमा संसारका मानिसले जीवन पाउछन्। यो चाहि आमाको मन भएमा गर्न सकिन्छ, केवल आमाले मात्रै संसार, छिमेकी र आफन्तलाई बचाउने मन राख्दछिन जुन यो बचाउने मनचाहिं आमाको जस्तो मन भएकाले मात्र सक्छ। एक थोपा रगतले मानिसलाई बाँच्ने आशाको किरण जगाएजस्तै आमाको प्रेमको मनद्वारा रक्तदान गरेमा सारा संसारमा मृत्युको शैयामा लडिरहेका मानिसले जीवन प्राप्त गर्दछन।” भन्दै आफ्नो विचार व्यक्त गरे । त्यसै गरी चन्द्रावती थापाले ले “विविध कारणले संसारमा मरिरहेका मानिसहरुलाई बचाउन वी लव यू फाउण्डेशनकी अद्ध्यक्ष जाङ्ग गिल जा ज्यूको प्रेरणाद्वारा सक्रिएतापुर्वक लागेका छौं। ” भन्दै रगतको खाँचोमा रहेका छिमेकीहरूलाई प्रोत्साहक दिइन् ।
वीलभयूको रक्तदान अभियानले विश्व स्वास्थ्य सङ्गठन(WHO)को लक्ष्य रहेको स्वैच्छिक नि:शुल्क रक्तदानको महत्त्वलाई प्रवर्द्धन गर्न र रक्तदानको संस्कृति फैलाउन पनि सकारात्मक भूमिका खेलिरहेको छ । वीभलयूले यो अभियान यही वर्षको सेप्टेम्बरसम्म, ६४ वटा देशहरूमा ६४८ पटक आयोजना गऱ्यो, जसमा १,१०,००० भन्दा बढीले सहभागिता जनाए । तीमध्ये करिब ५०,००० जना रक्तदान गर्न सफल भए । एक जनाको रक्तदानले तीन जनाको जीवन बचाउन सक्ने कुरालाई सोचिहेर्दा योचाहिँ एक लाख ५० हजारभन्दा बढी अमूल्य जीवन बचाउन सफल भएको उपलब्धि हो ।
वीलभयू फाउन्डेसनले, सबै जनाले सम्मान पाउने संसार तथा दिगो शान्तिको निम्ति ‘आमाको प्रेम’द्वारा विगत ३० वर्षदेखि कल्याणकारी गतिविधिहरू सञ्चालन गर्दैआएको छ । ६५ वटा राष्ट्रका १,५५,००० भन्दा बढी सदस्यहरू वातावरण संरक्षण, आपतकालीन राहत, गरिबी तथा भोकमरी उन्मूलन, पानी तथा सरसफाइ सुरक्षा, स्वास्थ्य कल्याण, शैक्षिक सहयोग र सामाजिक कल्याण जस्ता सबै गतिविधिहरूमा सहभागी हुने गर्छन् । फाउन्डेसनले कोभिड-१९ महामारीको समयमा, २९ वटा राष्ट्रहरूमा क्वारेन्टाइन सामग्रीहरू, खाद्य सामग्रीहरू तथा दैनिक उपभोग्य वस्तुहरू अनुदान गरी विश्वव्यापी संकटलाई पार गर्न ठूलो मद्दत पुऱ्यायो । साथै संयुक्त राज्य अमेरिकाको होन्डुरसमा आँधी, इक्वेडरमा बाढी र मोजाम्बिकमा चक्रवात जस्ता विभिन्न प्राकृतिक प्रकोपले क्षतिग्रस्त ठाउँहरूमा राहत गतिविधिहरू पनि सञ्चालन गऱ्यो । फाउन्डेसनले गत अप्रिलमा, कोभिड-१९का कारण स्थगित भएको ‘न्यु लाइफ पारिवारिक पैदल ऱ्याली’ कोरियामा आयोजना गरेर टर्की र सिरियाका भूकम्प पीडितहरू लगायत २४ राष्ट्रका जोखिम वर्गहरूलाई सहयोग प्रदान गऱ्यो ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !