काठमाडौं | प्रेस संगठन नेपालका महासचिव तथा वरिष्ठ पत्रकार राम कुमार (एलन) लाई गोकर्ण गौतम स्मृति पत्रकारिता सम्मान २०८० प्रदान गरिने भएको छ ।
झरना साहित्यिक परिवार बकैया मकवानपुरले पत्रकार गोकर्ण गौतमको ११ राशीको उक्त पुरस्कार महासचिव एलनलाई प्रदान गर्ने निर्णय गरेको हो । उक्त पुरस्कार आगामी फागुन १२ गते प्रदान गरिने संस्थाका सचिव मसान उपासाकले जानकारी दिए । सचिव उपासकका अनुसार यो बर्षको पुरस्कार पत्रकार एलनलाई प्रदान गर्ने संस्थाले निर्णय गरेको हो ।
एकीकृत समाजवादीको केन्द्रीय प्रचार विभाग सदस्य समेत रहेका पत्रकार एलन हाल मध्यदृष्टि राष्ट्रिय दैनिक पत्रिकाको सम्पादक पनि हुन ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !