दोलखा फागुन २१ ।
दोलखा र रामेछाप जिल्लाको सिमाना रहेको प्रशिद्ध पर्यटकिय स्थल शैलुङ्गमा शैलुङ साहित्यिक-साँस्कृतिक महाेत्सव -२०७८ सम्पन्न भएको छ । उक्त महोत्सवमा एमाले ओलीले शैलुङबासीहरूमा मन जित्दै भने यो अन्तिम पटक होइन, पहिलो पटक मात्रै हाे । यहाँहरूकाे माया, सदभाव र सम्मानका लागि पुनः आइरहने छाैं ।
शुक्रबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त महोत्सवमा बोल्दै ओली ले – भने यो शैलुङ्ग डाँडालाई यथावत जोगाएर राख्नुहोस् यहाँ कुनै पनि भौतिक संरचना निर्माण नगर्ने तपाईंहरुको अठोट प्रती म हार्दिक धन्यवाद दिन चाहन्छु । यसको एतिहासिकतालाई जोगाइ यसलाई एउटा पर्यटकिय गन्तब्यको रुपमा आरोग्य थलोको रुपमा,एउटा ध्यानकेन्द्रको रुपमा स्थापित हुन सक्दछ ।
उक्त महोत्सवमा सो क्षेत्रका आदिवासी जनजातिका झाँकीहरू प्रदर्शनका साथै कलाकार द्द्वारा कोरिएका चित्रकला प्रदर्शनी र साहित्यकारहरुले कबिता बाचन गरेका थिए । ओलीलाई शैलुङ गाउँपालिका दोलखा र दोरम्बा शैलुङ गाउँपालिका रामेछापबाट भब्य स्वागत गरिएको थियो ।
भिडियोः
आफ्नो प्रतिक्रिया दिनुहोस् !