हरिप्रसाद भुसाल, अर्घाखाँची : १५ वर्षीया छात्रालाई ज’बर’ज’स्ती कर णी गरेको आरोपमा अर्घाखाँचीमा एक शिक्षक पक्राउ परेका छन् ।
मालारानी गाउँपालिकाको मावि स्तरको विद्यालयमा अध्यापन गराउने शिक्षकले सोही विद्यालयमा अध्ययनरत १५ वर्षीया छात्रालाई ज’ब’रज’ स्ती कर णी गरेको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले पक्राउ गरेको छ । शिक्षकलाई नियन्त्रणमा लिई प्रारम्भिक अनुसन्धान पश्चात् अर्घाखाँची जिल्ला अदालतमा पेस गरिएको र अदालतबाट ६ दिन म्याद थप गरी अनुसन्धान भइ रहेको जिल्ला प्रहरी कार्यलय अर्घाखाँचीका सूचना अधिकारी प्रहरी निरीक्षक गणेश खनालले जानकारी दिए ।
यस्तै केही सार्वजनिक अ’प’रा’ध र विविध कसुरमा जिल्ला अदालत काभ्रेपलाञ्चोकले कैद सजाय तथा जरिवाना तोकेको पाँच वर्षपछि तीन फ’रा’र प्रतिवादी पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेले ती प्रतिवादीलाई कैद तथा जरिवाना कार्यान्वयनका लागि जिल्ला अदालत पठाइने जनाएको छ ।
कार्यालयबाट विशेष टोली खटाई सार्वजनिक अ’परा’ध मुद्दाका फरार पनौती नगरपालिका–३ का २३ वर्षका सन्तराम तामाङ र सोही वडाका २७ वर्षीय सुवास तामाङलाई सोही स्थानबाट आइतबार पक्राउ गरेको प्रहरीले जनाएको छ । उनीहरुलाई अदालतले २०७३ असार ६ गते केही सार्वजनिक अ’परा’ध कसुरमा जरिवाना तथा सजाय फैसला गरेको थियो ।
यस्तै, विविध कसुरमा धुलिखेल नपा–४ को पोडिनी सार्कीलाई सोही स्थानबाट पक्राउ गरेको कार्यालयका प्रहरी नायब उपरीक्षक हरि खतिवडाले जानकारी दिए । उनका अनुसार कार्यालयद्वारा जिल्ला अदालतबाट कैद तथा जरिवाना ठहर भई फरार रहेका प्रतिवादीको खोजतलास गरी फैसला कार्यान्वयन गर्न, दण्डहीनताको अन्त्य र कानुनी तथा विधिको शासन स्थापित गर्ने उद्देश्यले प्रहरीको विशेष टोली खटाई फ’रार प्रतिवादीको खोजी अभियान सञ्चालन गरिएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस् !