काठमाडौँ । नेपाल सरकारले गाजा क्षेत्रको अस्पतालमा भएको आक्रमणले गम्भीर ध्यानाकर्षण गराएको जनाएको छ । बिहीबार परराष्ट्र मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै गाजाको अस्पतालमा आक्रमण गरी नागरिकको ज्यान लिएको घटनाले सरकार स्तब्ध भएको बताएको हो । मन्त्रालयको विज्ञप्तिमा भनिएको छ, ‘गाजाको एक अस्पतालमा निर्दोष नागरिकको हत्या भएको घटनामा नेपाल सरकार स्तब्ध भएको छ । अस्पताल, स्वास्थ्यकर्मी, बिरामी र सर्वसाधारणमाथि भएको यस आक्रमणको हामी निन्दा गर्दछौँ । साथै, शोकसन्तप्त परिवारजनमा हार्दिक समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।’
यस्तै मन्त्रालयले सर्वसाधारण नागरिक विरुद्धको आक्रमणको बारेमा गम्भीर रूपमा चिन्तित बनाएको उल्लेख गरेको छ । सरकारले जस्तोसुकै परिस्थितिमा भएपनि नागरिकको सुरक्षा गर्न आह्वान गरेको छ । नेपाल शान्तिमा विश्वास गर्ने भन्दै सरकारले विवादको शान्तिपूर्ण र वार्ताबाट समाधान गर्न आग्रह गरेको छ
आफ्नो प्रतिक्रिया दिनुहोस् !